
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले प्रदेशस्तरमा संयुक्त केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार प्रत्येक प्रदेशस्तरमा अध्यक्ष, उपाध्यक्ष लगात पदाधिकारी जानेछन् । उनीहरूको सल्लाह र सुझाव अनुसार केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको शर्माले बताए ।
२०८१ श्रावण ३१, बिहीबार १७:३३ प्रकाशित