जापानमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी


काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको  भनी चेतावनी दिइएको छ ।

भूकम्पको तीव्रता ७ मापन भएको छ । जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन ।

गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७.६ थियो ।

 

२०८१ श्रावण २४, बिहीबार १४:१४ प्रकाशित
ट्रेन्डिङ समाचार