
काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो । नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्रीले बुधबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
दुर्घटनामा चार चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको छ । बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन समिति गठन गर्ने अपेक्षा गरिएको छ ।
२०८१ श्रावण २३, बुधबार १७:२१ प्रकाशित