काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई जबरजस्ती बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा केपी ओली नेतृत्वलाई यस्तो निर्देशन दिएका हुन् ।
सो क्रममा उनले आफूहरू संविधान संशोधनको विरोधमा नरहेपनि प्राप्त उपलब्धिहरू कटौती भए राम्रो नहुने बताए ।
सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा संबिधान परिमार्जन नभई जनताको अधिकार कटौती गर्ने उद्देश्य रहेको जिकिर गर्दिया उनले दुई राजनीतिक दलहरू मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने बताए ।
प्रचण्डले सरकार बिचौलियाले नै बनाएको भन्दै आफुलाई सबै थाहा भएको र एक दिन आफुले सबै बोल्ने बताए । उनले संसदको लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनु पर्ने बनाउदै यसलाई सरकारले गम्भीरतापूर्वक लिन आग्रह गरे ।
२०८१ श्रावण २२, मंगलवार १५:११ प्रकाशित