
काठमाडौ । प्रतिनिधिसभा बैठक एकदिन पछि सरेको छ ।
साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भएपछि सो दिन बस्ने भनिएको प्रतिनिधि सभाको बैठक एकदिन पछि सारेको हो ।
संघीय संसद सचिवालयका अनुसार अब प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बस्नेछ ।
२०८१ श्रावण १८, शुक्रबार १८:२४ प्रकाशित