आइतबार सार्वजनिक बिदा


काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शुक्रबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो ।

मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८१ साल साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको व्‍यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

२०८१ श्रावण १८, शुक्रबार १५:१३ प्रकाशित
ट्रेन्डिङ समाचार