संघीयताले देशलाई टाट पल्टाउँछ : कमल थापा


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको जस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।  दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरेका हुन् ।

पार्टीको काठमाडौँ -६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले साम्यवाद,समाजवाद र पुँजीवादको विकल्प जरुरी भएको बताए । नयाँ वैचारिक दर्शनको आवश्यकता भएकोले सम्बर्द्धनवादलाई अबको मार्गचित्र बनाउनु पर्नेमा थापाको जोड थियो ।  काङ्ग्रेस,एमाले,माओवादीको विकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै थापाले जनताको बिचमा जान ढिलाइ गर्न नहुने र सशक्त राप्रपा नेपाल आजको आवश्यकता भएको समेत बताए ।

विदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक व्यवस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे । प्रशिक्षणमा डाक्टर विष्णु भण्डारी , राजाराम बर्तौला “चुनेली” ,राजकुमार खड्का र उज्ज्वल पोखरेल लगायतले बोलेका थिए ।

२०८१ श्रावण १५, मंगलवार १५:३३ प्रकाशित
ट्रेन्डिङ समाचार