काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । मान्त्री सिंहले मंगलबार बिहान निर्माणाधीन भवनकाे अवलोकन गरेका हुन् ।
२०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिएको थियो । तर, अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।
सम्झौताअनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको नदेखिएको उपप्रधानमन्त्री सिंहले बताए ।
उनले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए ।
२०८१ श्रावण १५, मंगलवार १४:४६ प्रकाशित