अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्छौ : मोदी


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुनै अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मोदीले सत्तारुढ दल र तिनका नेताहरूले अहिले संविधान संशोधनको कुरा गरिरहेको भन्दै त्यसरी हुने संशोधनको प्रतिकार गर्ने बताएका हुन् ।

‘यो देशको संविधान त्यसै बनेको होइन । धेरै ठुलो संघर्ष, त्याग र बलिदानबाट यो संविधान बनेको हो’, उनले भने, ‘यस्तो संविधानलाई कुनै पार्टी या अमुक दलहरूले संशोधन गर्छ भने त्यसको प्रतिरोध हामीले गर्छौ ।’

उनले जनताको इच्छा र चाहानालाई मार्न नपाइने भन्दै  । नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार सुशासन र विकास भन्दा पनि भ्रष्टाचारको ढाकछोप गर्न बनेको उनले आरोप लगाए ।

२०८१ श्रावण १४, सोमबार १५:०२ प्रकाशित
ट्रेन्डिङ समाचार