प्रधामन्त्रीलाई मन्त्रालयगत ब्रिफिङ गराउँदै सचिवहरु


काठमाडौं । सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरुकाे ब्रिफिङ  सुरु भएको छ ।

केहीबेरअघिबाट सुरु भएको सो ब्रिफिङमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई  नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूले मन्त्रालयगत ब्रिफिङ गर्नेछन् ।

सो कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री भएको केही दिनमै  सचिवहरुबाट ब्रिफिङ लिएका हुन् । सो ब्रिफिङ आज दिनभर चल्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले जनाएको छ ।

 

२०८१ श्रावण १३, आईतवार १२:१९ प्रकाशित
ट्रेन्डिङ समाचार