किसानलाई उत्पादनको आधारमा अनुदान दिनुपर्‍यो : सांसद भण्डारी


काठमाडौँ । सांसद डा. चन्द्रकान्त भण्डारीले उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले उत्पादनको आधारमा किसानलाई अनुदान दिनुपर्ने बताएका हुन् ।

‘सरकारले उत्पादनको आधारमा अनुदान दिनुपर्‍यो,’ उनले भने,‘सरकारले किसानलाई अनुदान नदिँदासम्म किसानलाई राहत हुँदैन ।’

उनले आयातित कृषि उपजको वस्तुमा आधारित मुलुक चली रहेको बताए । ‘छिमेकी मुलुकले कृषि उपज दिएन भने हामीले स्वदेशी कृषि उपज दिन सक्दैनौँ,’ उनले भने ।

२०८१ श्रावण ८, मंगलवार १५:३६ प्रकाशित
ट्रेन्डिङ समाचार