कांग्रेसले आफूलाई नयाँ बनाउन कमजोरीहरु सुधार गर्नुपर्छः महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

आइतवार ४२ औं बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताए । थापाले काँग्रेसभित्र पठन संस्कृति छ भन्नेकुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताए ।

२०८१ श्रावण ६, आईतवार १२:४१ प्रकाशित
ट्रेन्डिङ समाचार