प्रधानमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । शनिबार राप्रपा निर्देशक समितिको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जबकी कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक भनेको थियो ।

नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भोलि आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ ।

 

२०८१ श्रावण ५, शनिबार १९:०५ प्रकाशित
ट्रेन्डिङ समाचार