
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को साथ नलिने सर्तमा नयाँ समीकरण बनेको बताएका छन् ।
शुक्रबार कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधनका क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।
पोखरेलले राजनीति स्थायित्वका लागि कांग्रेस-एमाले सरकार बनेको बताए । देशमा २० सिटे पनि प्रधानमन्त्री बन्ने अवस्था आएपछि जनताको अभिमत प्राप्त दलहरूले नयाँ सरकार गठन गरेको उनको भनाइ थियो ।
हाल नेकपा एमाले र नेपाली कांग्रेसको समीकरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री छन् । एमालेले नेकपा माओवादीसँगको सहकार्य तोडी नेपाली कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्व गरेको हो ।
२०८१ श्रावण ५, शनिबार १०:३६ प्रकाशित