अस्पताल सुधारका लागि प्रदीपका ९ निर्णय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन्।

मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।

उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ। बिहीबार मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा भएको छलफलपछि भएको निर्णय अनुसार नै मन्त्रालयले शुक्रबार ९ बुँदे परिपत्र जारी गरेको हो।

 

२०८१ श्रावण ५, शनिबार १०:३२ प्रकाशित
ट्रेन्डिङ समाचार