नेपाल राजनीतिक अस्थिरता हुने उच्च स्थानमा


काठमाडौं । नेपाल राजनीतिक अस्थिरता हुने उच्च मुलुकमा परेको छ । फ्रान्सको चर्चित पत्रिका ले मोन्डेका अनुसा नेपाल राजनीतिक अस्थिरता हुने उच्च मुलुकमा परेको हो ।
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको प्रसंगलाई लिएर ले मोन्डेले नेपाल सानो हिमाली गणतन्त्रमा हालै १५ वर्षमा १४औँ प्रधानमन्त्री नियुक्त भएको जनाएको छ ।
राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले सबैभन्दा उच्च स्थान पाएको जनाउँदै ७२ वर्षीय नयाँ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गएको मंगलबार २००८ यताको १४औँ प्रधानमन्त्रीको शपथ लिएको जनाएको छ ।

पत्रिकाले ओली सन् १९९० मा संसदीय व्यवस्था पुन:स्थापना भएपछिको ३०औँ प्रधानमन्त्री भएको समेत चर्चा गरेको छ ।
हरेक वर्ष जस्तो नयाँ प्रधानमन्त्री हुने गरेको सो पत्रिकाले उल्लेख गरेको छ ।

 

२०८१ श्रावण ३, बिहीबार १०:२३ प्रकाशित
ट्रेन्डिङ समाचार