रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त


काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पदमा केपी शर्मा ओली नियुक्त भएपछि उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार मानिन्छ । बडाल यसअघि केपी ओलीको पालामा चैत ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

२०८१ श्रावण २, बुधबार १६:२२ प्रकाशित
ट्रेन्डिङ समाचार