
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गरेका छन् । बुधबार काठमाडौँको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै सिंहले अहिले नेपालीहरूले पाएको अधिकारका लागि महिलाहरूको योगदान अतुलनीय रहेको बताएका हुन् ।
२०८१ श्रावण २, बुधबार १६:२० प्रकाशित