काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन गरेका छन् । नवनियुक्त अधिकारीले पदभार ग्रहण गरेसँगै ‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन गरेका हुन् ।
सो समितिका अध्यक्ष मन्त्रालयका कृषि सचिव डा. दीपक कुमार खराल , उप अध्यक्षमा मन्त्रालयका पशुपन्छी तर्फका सचिव डा.राजेन्द्र प्रसाद मिश्र छन् । कृषि मन्त्रालय अन्तर्गतको कृषि विभाग, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिहरूलाई समेत सो समितिमा राखिएको छ ।
सरकारले आर्थिक वर्ष २०८१/८२ देखि लागू हुने गरी ‘कृषि लगानी दशक’ घोषण गरेको छ । सोको कार्यान्वयनका लागि समिति गठन गरेको मन्त्री अधिकारीले जानकारी दिए ।
२०८१ श्रावण १, मंगलवार ११:४६ प्रकाशित