काठमाडौं।नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।आज भएको कांग्रेसको छलफललेम मन्त्रीहरुको अन्तिम सूची तयार पारेको हो ।
स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् ।उनलाई सहरी विकास मान्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने छिन ।
यस्तै,शेखर समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।
२०८१ असार ३१, सोमबार १०:५९ प्रकाशित