काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमण गर्ने धम्की आएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी दिएका हुन् ।
शनिबार राति वाग्लेको सचिवालयबाट फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएपछि आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको दाबी मुकुलले गरेका छन्।
उनले आइतबार बिहान फेसबुकमा लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे , फोन उठाइनँ। मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु।’
२०८१ असार ३०, आईतवार ११:३५ प्रकाशित