एमाले अध्‍यक्ष ओलीले गरे प्रधानमन्त्रीमा दाबी पेश


काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।

पौडेलले सो आह्वान गरेसँगै ओलीले राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६ २ अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

 

२०८१ असार २८, शुक्रबार २२:०८ प्रकाशित
ट्रेन्डिङ समाचार