प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप


काठमाडौ‌ं । नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गरी यस्तो ह्वीप जारी गरेका हुन् । सो विज्ञप्तिमा प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत नदिन निर्देश गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा एमाले र मा‌ओवादीबीचको सत्ता गठबन्धन टुटेर संसद्का सबैभन्दा दुई ठूला दल क्रमश: नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन हुने लगभग पक्का भएको छ ।

 

२०८१ असार २७, बिहीबार १३:२८ प्रकाशित
ट्रेन्डिङ समाचार