काठमाडौ
निजामती कर्मचारी अस्पतालमा हेमोडायलासिस सेवा सुचारु भएकोछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका सचिव मुकुन्द प्रसाद निरौलाले निजामती अस्पतालमा सोमबार आयोजित एक कार्यत्रममा हेमो डायलासिस सेवाको समुद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रमका सचिव निरौलाले अस्पतालको बृद्धि बिकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विधान निधि पौडेल, अस्पतालका विभागीय प्रमुख, युनिट इन्चार्ज , चिकित्सक, नर्स लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
२०८१ असार ३, सोमबार २२:४७ प्रकाशित