रञ्जिताले दिइन् शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलाले पाएका छन् ।

पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी हुन् ।

शुक्रबार बहुमत केन्द्रीय सदस्यको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए ।

अध्यक्ष श्रेष्ठले आफू अस्वस्थ रहेको भन्दै पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएको रञ्जिताद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

२०८२ श्रावण ११, आईतवार १५:३२ प्रकाशित
ट्रेन्डिङ समाचार