काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।
बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसेका थिए । हावा र पानीको बहावका कारण उद्धारमा कठिनाइ भएको थियो ।
२०८२ असार २४, मंगलवार ०८:३५ प्रकाशित


