ADVERTISEMENT

वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ? सूची सहित

काठमाडौं
वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत १ गतेदेखि लागू हुनेगरी सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिइएको पाइएको छ ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले भने ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंक रहेका छन् ।

चैतमा वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ५ं.९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६.०१ थियो ।
चैतमा एनआइसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ब्याज पाइने भएको छ । यस बैंकको ब्याजदर चैत्रका लागि ६.६ प्रतिशत कायम गरिएको छ । अन्य करिब एक दर्जन बैंकमा ६ प्रतिशत माथि ब्याज पाइने भएको छ ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार