काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक प्रतिशोध साँध्न राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।
मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उहाँले सरकारको आलोचना गर्नेहरूलाई पक्राउको हल्ला फैलाएर तर्साउने प्रयास भइरहेको आरोप लगाउनुभयो । आफूलाई पक्राउ गर्ने चर्चा चलाइएको भन्दै उहाँले त्यसबाट नडराउने स्पष्ट पार्नुभयो ।
थापाले आफूलाई पक्राउ गर्न आए हतकडी लिएर आउन चुनौती दिँदै सत्ताको दबाब र धम्कीबाट आफ्नो राजनीतिक अडान कमजोर नहुने बताउनुभयो ।
उहाँले दोषी जोसुकै भए पनि कानुनअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने उल्लेख गर्दै कांग्रेसले कुनै पनि अनुसन्धानमा अवरोध नगर्ने बताउनुभयो । तर राजनीतिक प्रतिपक्षलाई दबाबमा पार्न वा सत्ता निकटका व्यक्तिलाई उन्मुक्ति दिन राज्यका संयन्त्र प्रयोग गरिए कांग्रेसले त्यसको विरोध गर्ने उहाँको भनाइ छ ।
सरकारका राम्रा काममा कांग्रेसले सहयोग गर्ने तर गलत कामको निरन्तर खबरदारी गर्ने बताउँदै थापाले राजनीतिक प्रतिशोध र राज्यका निकायको दुरुपयोगविरुद्ध पार्टीले आफ्नो आवाज उठाइरहने स्पष्ट पार्नुभयो ।




प्रतिक्रिया