ADVERTISEMENT

प्रधानमन्त्री बालेन दुईदिने भारत भ्रमणमा नयाँ दिल्लीमा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली पुगेका छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।

भ्रमणका क्रममा आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोमबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसहित उच्चस्तरीय भेटघाट गर्नेछन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार