ADVERTISEMENT

आफूलाई आक्रमण गर्न खोज्नेहरूलाई नै टिकट दिइएको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र पार्टीका नेतामाथि आक्रमण गर्न खोज्ने व्यक्तिहरूलाई नै प्रतिनिधिसभाको टिकट दिइएको आरोप लगाउनुभएको छ।

शनिबार पोखरामा आयोजित गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले गगन थापा नेतृत्वको पक्षप्रति लक्षित गर्दै यस्तो आरोप लगाउनुभएको हो।

आफ्नो निवासमा आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिने र आफूलाई ज्यान मार्ने प्रयास गरेका व्यक्तिसमेत उम्मेदवार बनेको उहाँको दाबी थियो।

देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी आरजु राणा देउवाको ज्यान युवाहरूले जोगाएको बताउँदै आन्दोलनका बेला ठूलो षड्यन्त्र भएको आरोपसमेत लगाउनुभयो।

त्यस्तै, विशेष महाधिवेशनका नाममा किर्ते हस्ताक्षर प्रयोग गरी विधानविपरीत पार्टी कब्जा गर्न खोजिएको उहाँको आरोप थियो।

पार्टीले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको स्मरण गर्दै देउवाले अब देशका लागि योगदान गर्ने समय आएको बताउनुभयो।

गण्डकी प्रदेश अधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्रीसहित नयाँ प्रदेश कार्यसमिति चयन गर्नेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार