ADVERTISEMENT

प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि दिल्लीमा स्वागतको तयारी तीव्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तीव्र पारिएको छ ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरसहित नेपाल–भारतका राष्ट्रिय झण्डा नयाँ दिल्लीका विभिन्न सडकमा राखेर राजधानी सजाइएको छ ।

प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक भारत भ्रमणमा जान लाग्नुभएको हो । दुईदिने भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मूलगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

यो प्रधानमन्त्री शाहको दोस्रो विदेश भ्रमण हो ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार