ADVERTISEMENT

प्रधानमन्त्री शाह भारत भ्रमणमा , हवाईमार्ग र आर्थिक सहकार्य मुख्य प्राथमिकता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दुई दिने भारत भ्रमणमा गएका  छन्। दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्। भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकर, प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन्।

भ्रमणमा दुई देशबीचको आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार र विकास आयोजनालाई मुख्य प्राथमिकता दिइनेछ। विशेषगरी नेपालले भैरहवा र महेन्द्रनगरलगायत क्षेत्रबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग सहमति जुटाउने प्रयास गर्नेछ।

यसैगरी, अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास, विभिन्न विकास आयोजनाको उद्घाटन तथा नयाँ समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा अयोध्या–जनकपुर रेलमार्ग, दार्चुलाको पुल, भैरहवास्थित एकीकृत जाँच चौकी र पनौतीस्थित नेपाल प्रहरी एकेडेमीको भवन उद्घाटन गर्ने तयारीसमेत गरिएको छ।

दुई देशबीच आर्थिक प्याकेज, हवाई सम्पर्क र विकास साझेदारीका विषयमा उच्चस्तरीय छलफल हुनेछ। द्विपक्षीय भेटवार्ता तथा छलफल सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार