ADVERTISEMENT

सुदूरपश्चिमको ऐतिहासिक छलाङ, पहिलो पटक चुम्यो एनपीएलको उपाधि

फाइनलमा साविक विजेता लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले लियो अघिल्ला दुई हारको बदला, मुन्सेको कीर्तिमानी शतक

काठमाडौं । लगातार दुई सिजन फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित हुँदै आएको सुदूरपश्चिम रोयल्सले अन्ततः नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्दै इतिहास रचेको छ। साविक विजेता लुम्बिनी लायन्सलाई फाइनलमा १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको ट्रफी उचालेको हो।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनीले दिएको १५६ रनको लक्ष्य कुनै पनि विकेट नगुमाई पूरा गर्दै शानदार जित निकालेको हो।

सुदूरपश्चिमको जितका नायक बने ओपनर जर्ज मुन्से। उनले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा अविजित १२५ रन बनाएपछि सुदूरपश्चिमले १७.३ ओभरमै लक्ष्य भेट्टायो। मुन्सेको विस्फोटक ब्याटिङ र विनोद भण्डारीसँगको अविजित साझेदारीले लुम्बिनीको उपाधि रक्षा गर्ने सपना चकनाचुर बनाइदियो।

मुन्सेले आफ्नो शतकीय पारीमा आठ चौका र १२ छक्का प्रहार गरे। जारी एनपीएलमा यो व्यक्तिगत रूपमा बनेको सर्वाधिक रन हो। उनले ४९ बलमै शतक पूरा गरेका थिए। जारी संस्करणमा शतक बनाउने उनी तेस्रो खेलाडीसमेत बनेका छन्। यसअघि चितवन राइनोजका कमिल मिसार र पोखरा एभेन्जर्सका युवराज साम्राले शतक बनाएका थिए। समग्र एनपीएल इतिहासमा भने यो छैटौँ शतक हो।

अर्का ओपनर विनोद भण्डारीले पनि उत्कृष्ट साथ दिए। उनले २७ बलमा तीन चौकासहित अविजित ३० रन बनाए। पहिलो विकेटका लागि मुन्से र भण्डारीले १५८ रनको अविजित साझेदारी गर्दै सुदूरपश्चिमलाई ऐतिहासिक जित दिलाए।

यससँगै लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले अघिल्ला दुई संस्करणको पीडा पनि बिर्साएको छ। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँगै छ विकेटले हारेको थियो।

तेस्रो संस्करणको उद्घाटन खेल र लिग चरणमा समेत लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले निर्णायक फाइनलमा भने शानदार पुनरागमन गर्दै पुरानो हारको बदला लिएको छ।

लगातार तेस्रो सिजन फाइनल पुगेको सुदूरपश्चिमले यसपटक उपाधि जित्दा एनपीएलको तीनवटै संस्करणमा फरक–फरक टोली च्याम्पियन बनेका छन्। उता, लगातार दोस्रो पटक उपाधि जितेर एनपीएलमा नयाँ इतिहास बनाउने अवसर लुम्बिनीले गुमाएको छ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनमा सीमित गरेको थियो।

लुम्बिनीका कप्तान रोहित पौडेलले तीनवटा महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याउने प्रयास गरेका थिए। उनले दोस्रो विकेटका लागि डार्सी सर्टसँग ३० रन, तेस्रो विकेटका लागि निरोशन डिकवेलासँग ३९ रन र चौथो विकेटका लागि दिलीप नाथसँग ३४ रनको साझेदारी गरे।

कप्तान रोहितले ३१ बलमा दुई चौकासहित ३० रन बनाए। उनी रनआउट भए। निरोशन डिकवेलाले २८ रन बनाउँदा थरिन्दु रत्नायकेको बलमा बोल्ड भए।

ओपनर डार्सी सर्टले १८ बलमा चार चौकासहित २१ रन बनाए। उनी दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए। सन्दीप जोराले चार र आसिफ शेखले एक रन मात्रै बनाउन सके।

दिलीप नाथ र अली शेखले छैटौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै लुम्बिनीको स्कोर उकासेका थिए। अली शेखले १२ बलमा दुई चौका र दुई छक्कासहित २४ रन बनाए। उनी हेमन्त धामीको बलमा क्याच आउट भए।

दिलीप नाथ ३९ र रुबेन ट्रम्पलम्यान चार रनमा अविजित रहे। नाथले ३१ बलमा तीन छक्का प्रहार गरेका थिए।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले दुई विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे।

सुदूरपश्चिमको धैर्य र आक्रामकताको उत्कृष्ट नमुना

लगातार दुई पटक उपाधि नजिक पुगेर पनि खाली हात फर्किएको सुदूरपश्चिमले तेस्रो प्रयासमा आफूलाई प्रमाणित गरेको छ। लिग चरणमा बेहोरेको हारको जवाफ फाइनलमा १० विकेटको जितसहित फर्काउँदै टोलीले यसपटक उपाधि मात्रै जितेन, एनपीएल इतिहासमा आफ्नो नाम पनि स्वर्ण अक्षरले

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार