ADVERTISEMENT

बिक्री खुल्नुअघि नै एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन्।

 

शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि १२ः५७ बजे नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएको थियो। बिक्री खुल्ने समय देखिएका प्रयोगकर्ताले समेत टिकट खरिद गर्न नसकेको गुनासो गरेका छन्।

 

दिउँसो १ बजेपछि पटक–पटक प्रयास गर्दा पनि टिकट काट्न नसकेको भन्दै दर्शकले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्।

 

यसअघि पनि एनपीएलका खेलको टिकट बिक्री खुल्ने समयमा प्राविधिक समस्या देखिने र केही समयमै टिकट सकिने गरेको गुनासो हुँदै आएको थियो। फाइनलको टिकट बिक्रीमा समेत उस्तै समस्या देखिएपछि टिकट व्यवस्थापनको पारदर्शितामाथि प्रश्न उठेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार