काठमाडौ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चीन सरकारले नेपाललाई २० लाख अमेरिकी डलर अनुदान दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारबाट प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाका अनुसार बाढी प्रभावितको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्य सञ्चालनका लागि उक्त रकम उपयोग गरिनेछ ।
सम्बन्धित खबर




प्रतिक्रिया