काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डर तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।
उपभोक्ताले हेलो सरकारको अनलाइन पोर्टलमार्फत ग्यासको मूल्य बढी लिएको भन्दै उजुरी गरेपछि विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा कैफियत भेटिएपछि स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हेलो सरकारले जनाएको छ।
हेलो सरकारले उपभोक्ता ठगी तथा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याबारे निःशुल्क फोन नम्बर ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो गर्न आग्रह गरेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया