ADVERTISEMENT

बालेनको भारत भ्रमण आइतबारदेखि, मोदीसँग द्विपक्षीय वार्ता हुने

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन्।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा ऊर्जा सहकार्य, पूर्वाधार विकास र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित सरकारी अधिकारी र निजी क्षेत्रका ५२ प्रतिनिधि सहभागी हुनेछन्।

भारत भ्रमण सकेर प्रधानमन्त्री शाह सोमबार साँझ ६:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार