ADVERTISEMENT

लागूऔषध कारोबारमा स्कुल बस चालकसहित चार जना पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले काठमाडौं उपत्यकामा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ८८ ग्राम खैरो हेरोइन र २ लाख ८० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।

 

गत कात्तिक ३० गते काठमाडौंको गोकर्णेश्वर–९ र ललितपुर महानगरपालिका–१५ बाट उनीहरू पक्राउ परेका हुन्।

 

पक्राउ पर्नेमा समिर तामाङ, दिनेश वाइबा, राज रसाइली र भारतीय नागरिक कमलेश कुमार साह रहेका छन्। उनीहरूको साथबाट हेरोइन, दुई थान डिजिटल तराजु, नगद र चार थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

 

अनुसन्धानका क्रममा पक्राउ परेका राज रसाइली ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक रहेको खुलेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार