ADVERTISEMENT

शिवशिखर सहकारीका पीडितको भीड अदालतमा, बचत फिर्ता हुने आशा

धनगढी । शिवशिखर सहकारीमा बचत गरेको रकम फिर्ता पाउने आशासहित कैलाली र कञ्चनपुरका एक हजार चार सयभन्दा बढी बचतकर्ता जिल्ला अदालत कैलाली पुगेका छन् ।

बचतकर्ताहरूलाई बकपत्रका लागि बोलाइएपछि बुधबार जिल्ला प्रहरी कार्यालयमा नाम रुजु गराउने र अदालत पुग्नेहरूको ठूलो भीड लागेको थियो ।

कैलालीका निमित्त प्रहरी प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार मात्रै करिब एक हजार चार सय बचतकर्ताको विवरण रुजु गरी अदालत पठाइएको छ । प्रहरी कार्यालयबाट नाम रुजु गराएपछि बचतकर्तालाई सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत पठाइएको उनले बताए ।

सहकारीमा करिब २३ लाख रुपैयाँ बचत गरेका कञ्चनपुरका प्रेमराज भट्टले अदालतको प्रक्रियाबाट रकम फिर्ता पाउने आशा व्यक्त गरे । त्यस्तै, लम्कीचुहाका रणबहादुर भण्डारीले बचतकर्ताले साँवा र ब्याजसहित रकम फिर्ता पाउनुपर्ने माग गरे ।

शिवशिखर सहकारीमा देशभरका सर्वसाधारणको झन्डै १० अर्ब रुपैयाँ बचत फसेको छ । पीडितलाई बकपत्रका लागि अदालत बोलाउन थालेपछि बचतकर्तामा डुबेको रकम फिर्ता हुने आशा पलाएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार