काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुने भेलामा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेताहरू सहभागी हुनेछन्।
भेलामा राष्ट्रिय राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचनको तयारी, केन्द्रीय कमिटीका निर्णय कार्यान्वयनमा एकरूपता र पार्टीले गर्नुपर्ने १५ कामबारे छलफल हुने उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। भेलालाई वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि सम्बोधन गर्नेछन्।
सम्बन्धित खबर




प्रतिक्रिया