ADVERTISEMENT

डलर १५१ रुपैयाँ ६ पैसामा बिक्री हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा कायम भएको छ। डलरको खरिददर भने १५० रुपैयाँ ४९ पैसा रहेको छ।

 

राष्ट्र बैङ्कका अनुसार युरोको बिक्रीदर १६७ रुपैयाँ १० पैसा, पाउन्ड स्टर्लिङको १९९ रुपैयाँ ९५ पैसा र स्वीस फ्र्याङ्कको १८० रुपैयाँ ५० पैसा रहेको छ।

 

त्यस्तै, कुवेती दिनारको बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा, बहराइन दिनारको ४०० रुपैयाँ ६१ पैसा र ओमनी रियालको ३९२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ।

 

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।केन्द्रीय बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूको विनिमयदर भने फरक हुन सक्नेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार