ADVERTISEMENT

पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहने भएको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा पनि मौसम प्रभावित हुनेछ।

 

यी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राति पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई, उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार