ADVERTISEMENT

विपिन आचार्यको नेतृत्वमा रास्वपाका २० सांसद चीन जाँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद ११ दिने चीन भ्रमणमा जाने भएका छन् ।

 

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा सांसदहरूको टोली चीन जान लागेको हो ।

 

टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका सहरको भ्रमण गर्ने कार्यक्रम छ ।

 

भ्रमणका क्रममा चीनले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, नवप्रवर्तन तथा औद्योगिक विकासमा हासिल गरेका उपलब्धिबारे अध्ययन गरिनेछ ।

 

त्यस्तै, चीनको प्रविधि र विकासका अनुभवलाई नेपालको कृषि, स्वास्थ्य, शिक्षा, उद्योग तथा उद्यमशीलता विकासमा उपयोग गर्ने सम्भावनाबारे छलफल हुने जनाइएको छ ।

 

भ्रमणले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनुका साथै आर्थिक, प्राविधिक र विकासका क्षेत्रमा सहकार्यको नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार