काठमाडौं । गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ।
कार्कीले बिहीबार वकिलमार्फत पेश गरेको रिट शुक्रबार सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको हो। अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन सकेको थिएन।
रिट दर्ता भएसँगै सुनुवाइका लागि पेशी तोकिने प्रक्रिया अघि बढ्नेछ। सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। तर, कार्कीले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझेका छैनन्।
सम्बन्धित खबर




प्रतिक्रिया