ADVERTISEMENT

सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ र चाँदी ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार