ADVERTISEMENT

तिहारका लागि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बेच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकको टक्सार महाशाखाले कात्तिक १९ र २० गते बबरमहलस्थित कार्यालयबाट असर्फी तथा मेडालियन बिक्री गर्न लागेको हो।

महाशाखाका अनुसार प्रतिव्यक्ति २५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामका लक्ष्मी तथा गणेश अंकित चाँदीका मेडालियन एक–एक थान गरी बढीमा दुई थान खरिद गर्न सकिनेछ।

बिक्री बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म गरिनेछ। खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा सोको नम्बर खुल्ने प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।

खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्। असर्फी तथा मेडालियनको मूल्य भने दैनिक बिहान करिब ११ बजे निर्धारण भएपछि बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार