काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक मित्रता र बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा ऊर्जा, उड्डयन, व्यापार, खेलकुद तथा शिक्षालगायतका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले आगामी दिनमा थप उचाइ लिने विश्वास व्यक्त गरेका थिए।
सम्बन्धित खबर




प्रतिक्रिया