काठमाडौँ । निरन्तरको वर्षाका कारण आएको बाढी र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीमा खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा यातायात पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत लाकुरीडाँडामा पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ।
ललितपुरको सुन्दरीघाटमा बागमती खोलाको जलसतह बढेपछि खोला करिडोरमा आवागमन रोकिएको छ भने कान्ति लोकपथअन्तर्गत पाङ्दुर र टार्कुचेमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया