आइतबार प्रस्तावित निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भई पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन् । आवश्यक प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान गरी निर्माण कार्य अघि बढाइने उनले बताइन् ।
ट्रमा सेन्टर सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको उल्लेख गर्दै मन्त्री मेहताले छिट्टै शिलान्यास हुने विश्वास व्यक्त गरिन् ।
यता, प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले लामो समयदेखि आश्वासन पाउँदै आएका स्थानीयवासीलाई विश्वास दिलाउन निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने बताइन् । उनले शिलान्यासको प्रक्रिया छिटो अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराइन् ।
स्थानीयवासीले लामो समयदेखि प्रतीक्षा गरिरहेको ट्रमा सेन्टर निर्माण कार्य सुरु भएपछि मात्रै आयोजना कार्यान्वयनप्रति विश्वास बढ्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया