काठमाडौँ । दसैँ मनाउन उपत्यकाबाहिर गएका यात्रुहरू चाडपर्व सकिएसँगै काठमाडौँ फर्किन थालेका छन्।
यात्रुको आगमन बढेसँगै उपत्यका भित्रिने प्रमुख नाका तथा सडकखण्डमा सवारीसाधनको चाप बढ्न थालेको छ।
काठमाडौँको कलंकी क्षेत्रमा पनि उपत्यका भित्रिने सवारीसाधन र यात्रुको चहलपहल बढेको देखिएको छ।
दसैँका बेला सुनसान बनेको उपत्यकामा यात्रुहरू फर्किन थालेसँगै जनजीवन र चहलपहल पुनः सामान्य बन्दै गएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया